भेट्रान्स कपको खेल तालिका सार्वजनिक

काठमाडौं । फुटबलर्स मिसन टुगेदरको आयोजनामा हुन लागेको मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक फुटबलर्स मिसन टुगेदरले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत सहभागी टोली, समूह विभाजन र खेल तालिका सार्वजनिक गरेको छ । मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ६ देखि १६ कात्तिकसम्म आयोजना हुदैछ । सहभागी २१ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ ।

हरेक समूहका शीर्ष ७ टोलीसँगै सात समूह उपविजेतामध्ये एक उत्कृष्ट दोस्रो हुने टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छ । समुह चरणको खेल ११ कात्तिकसम्म हुनेछ । क्वाटरफाइनलका खेल १२ कात्तिकमा हुनेछ । सेमिफाइनल १४ कात्तिकमा हुनेछ । फाइनल १६ कात्तिकमा हुनेछ । मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा ४० वर्षमाथिको खेलाडी हुनुपर्नेछ । ३ जना ३५ वर्षमाथिको खेलाडी राख्न पाउने प्रावधान रहेको छ । उद्घाटन खेलमा नेपाल आर्मी भेट्रान्स र फुटबल फेलोसिपबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया