खेल-खेलाडी

राखेप सदस्य सचिव रमेशकुमार सिलवाल बर्खास्त

सौर्य अनलाइन २०७८ कार्तिक १ गते १९:३७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राखेपका सदस्यसचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो । देउवा सरकारले यसअघिको केपी ओली सरकारको पालामा नियुक्त भएका पदाधिकारीहरूलाई बर्खास्त गर्ने क्रममा सिलवाललाई आज बर्खास्त गरेको हो ।

सरकारले सिलवालसहित युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेका राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोक्कालाई स्पष्टीकरण सोधेको थियो । सिलवालले चित्तबुझ्दो जवाफ नदिएको भन्दै आजको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो । सदस्य सचिव सिलवालसँगै स्पष्टीकरण सोधिएका ढुंगेल र रोक्कालाई पनि बर्खास्त गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय