साफको उपविजेता नेपाली फुटबल टोली आज स्वदेश फर्कँदै

काठमाडौं । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज (सोमबार) नेपाल आइपुग्ने भएको छ । नेपाली टिम बिहान ९ः१० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो। नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो । पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो। भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो ।

लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो भने भारतसँग पराजित भएको थियो । लिगको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया