काठमाडौं । नेपाली फुटबल टोलीले आज (शनिबार) पहिलोपटक साफ च्याम्पियनसिप फाइनल खेल्दै छ । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पहिलोपटक प्रवेश गरेको हो ।उपाधिको लागि आज राति ८ः४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा नेपाल र भारत भिड्दै छन् । ऐतिहासिक खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र फरवार्ड अन्जन विष्टले भने नरहने भएका छन् ।
प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले प्रशिक्षक अलमुताइरी र फरवार्ड विष्टलाई प्रतिबन्ध लगाएको हो । बंगलादेशविरुद्धको खेल पछि प्रशिक्षक अलमुताइरीले फाइनल नेपालका लागि आफ्नो अन्तिम खेल हुने बताएका थिए । तर, त्यसको एकदिनपछि उनलाई साफले प्रतिबन्ध लगाएको छ ।
प्रतिक्रिया