अञ्जन विष्टले साफ फुटबलको फाइनल खेल गुमाउने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले साफ फुटबलको आज हुन लागेको फाइनल खेल गुमाउने भएका छन् । दोहोरो पहेँलो कार्ड पाएका कारण उनले फाइनल खेल गुमाउने भएका हुन् । यसअघि भारतसँगको खेलको अन्तिम समयमा पनि उनले पहेँलो कार्ड पाएका थिए ।

गएको बुधवार बंगलादेशसँगको खेलमा बराबरी गोल फर्काउँदै नेपाललाई फाइनल पुर्‍याउन नायक बनेका उनले खेल गुमाउँदा नेपाललाई दबाब पर्नेछ ।फाइनल खेल आफूले खेल्न नपाए पनि आफ्ना सहकर्मीले मेहनत गरेर नेपाललाई जिताउने उनको विश्वास छ ।

प्रतिक्रिया