कोकाकोलाको ‘धन्यवाद’ योजना

काठमाडौं । कोका–कोलाले सबै प्रियजन प्रति कृतज्ञता प्रदान गर्न दसैं अभियान अन्गर्त ‘धन्यवाद †’ योजना ल्याएको छ । यो अभियानको मुख्य आशय भनेको महामारीको कठिन समयमा हाम्रा लागि साथीको रूपमा साथै सहयात्री रहेका उपभोक्ताहरूलाई एउटा कोकको बोटलको मार्फत धन्यवाद ज्ञापन गर्नु हो ।

कृतज्ञता प्रदान गर्नका लागि कोका–कोलाले अग्रपंक्तिका नायकहरूसँग संलग्न रहेर ‘धन्यवाद’ उपहार बक्सलाई बाँढ्दै छ । यसमा नयाँ धन्यवाद लेबल गरिएको व्यक्तिगत कोकको बोतलहरूमा नाम अंकित गरिएको छ र साथै, कोका–कोलाको कन्टुर ग्लास पनि यसमा समावेश रहेको छ ।

पहिलो एक्टिभेसनको आयोजना चारवटा गैरसरकारी संस्थामा गरिएको थियो । महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र, देशका युवाहरूको नेतृत्वमा रहेको हामी नेपाल, जनावरलाई उद्धार र वासस्थान प्रदान गर्ने स्नेह केयर र हर्टबिट यसमा रहेका थिए । आगामी दिनहरूमा कोका–कोलाले देशको अग्रणी नायकहरू प्रतिआभार प्रकट गर्नको लागी अस्पताल र ट्राफिक पुलिस सहित धेरै संगठनहरूको भ्रमण गर्ने भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया