डेढ दर्जन खेलकर्मीलाई विभूषण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ तथा क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल प्रबल जनसेवाश्री तथा अन्य खेलकर्मी संविधान दिवसको अवसरमा विभिन्न पदकबाट विभूषित हुने भएका छन् । राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा राष्ट्रको हितमा विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तित्वलाई विभूषित गर्ने प्रचलन रहेको छ । यसपटक ९ सय ३ जना विभूषित हुँदा झन्डै डेढ दर्जन खेलकर्मीको नाम पनि सुचिमा समावेश गरिएको छ ।

गृह मन्त्रालयले निकालेको सुची अनुसार कप्तानद्वय मल्ल र चेम्जोङ प्रबल जनसेवाश्रीबाट विभूषित हुने भएका हुन् । यसबाहेक क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँगै तेक्वान्दोका आयशा शाक्य र दक्षिण कोरियाली प्रशिक्षक क्वान योङ दाल जनसेवाश्रीबाट विभूषित हुने भएका छन् । महिला भलिबलको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै शेरबहादुर खड्का स्मृति प्रतिष्ठानसँगै पारा खेलाडीद्वय हिमाल अर्याल र केशव थापा पनि यसै विभूषणबाट सम्मानित हुनेछन् । तेक्वान्दोकै लक्ष्मण बहादर ऐर नेपाल प्रताप आभूषणबाट तथा १० अन्य खेलकर्मी सुकीर्ति पदकबाट विभूषित हुनेछन् । विभूषण भने वैशाखमा प्रदान गरिने बुझिएको छ ।

प्रतिक्रिया