खेल-खेलाडी

महिला एसियन कप– २०२२ छनोट : नेपाल फिलिपिन्ससँग पराजित

सौर्य अनलाइन २०७८ असोज २ गते १८:२४ मा प्रकाशित

काठमाडौं । एएफसी महिला एसियन कप– २०२२ छनोटको पहिलो खेल सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित भएको छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा पहिलो हाफको सुरुवातमा गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल बलियो फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको हो ।

नेपालले खेलको १०औँ मिनेटमा अग्रता बनाएको थियो । नेपालको लागि विमला चौधरीले गोल गरिन् । उनको यो राष्ट्रिय टोलीबाट पहिलो गोल हो ।

खेलको ३९औँ मिनेटमा चोट लागेसँगै बिमलाले मैदान छाडेकी थिइन् । प्रशिक्षक ग्यारी फिलिप्सले फिलिपिन्सविरुद्ध बिमला बिकलाई राष्ट्रिय टोलीबाट डेब्यू गराएका छन् । नेपालले अन्तिम ९० र थपिएको दुई मिनेटमा लगातार दुई गोल बेहोरेको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय