हल्लेरको ह्याट्रिकमा आयाक्सको सानदार जित

लण्डन । आइभोरी कोस्टका फरवार्ड सेवास्टिन हल्लेरको ह्याट्रिकसहित चार गोल मद्दतमा डच क्लब आयाक्सले युइएफए च्याम्पियन्स लिगको समूह चरणको खेलमा सानदार जित निकालेको छ । आयाक्सले स्पोर्टिङ सिपीलाई उसकै मैदानमा ५–१ को फराकिलो हार चखाएको हो । स्टेभन वर्गहुइसले एक गोल थप्दा घरेलु टोलीका लागि पाउलिन्होको गोल सान्त्वना बन्यो । लिसवोआमा बुधबार राति भएको खेलको दोस्रो मिनेटमा नै सेवास्टिन हल्लेरको गोलबाट आयाक्सले अग्रता लिएको थियो ।

नवौं मिनेटमा एन्टोनीको पासमा हल्लेरले व्यक्तिगत तथा टोलीको लागि दोस्रो गोल गरे । ३३औं मिनेटमा पाउलिन्होले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ३९औं मिनेटमा स्टेभन वर्गहुइसले रायन ग्राभेनवर्चको पासमा गोल गरेपछि आयाक्सले पहिलो हाफमा ३–१ का आरामदायी अग्रता लिएको थियो ।

४७औं मिनेटमा स्पोर्टिङका पाउलिन्होले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । उनी अफसाइड ठहरिए । ५१औं मिनेटमा सेवास्टिन हल्लेरले ह्याट्रिक पुरा गरेपछि आयाक्स फराकिलो जिततर्फ अग्रसर बन्यो । ६३औं मिनेटमा हल्लेरले व्यत्तिगत चौथो तथा टोलीका लागि पाँचौ गोल गर्दै आयाक्सलाई सानदार जित दिलाए ।

ही समूह ‘सी’ को खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले टर्किस क्लब बेसिक्टासलाई उसकै मैदानमा २–१ ले पराजित गरेको छ । डर्टमुन्डको जितमा जुडे बेलिङघम र एर्लिङ ब्राउट हालान्डले गोल गर्दा घरेलु टोलीका फ्रान्सिस्को मोन्टेरोले एक गोल फर्काए । यो नतिजापछि आयाक्स र डर्टमुन्डले समान ३ अंक जोडेका छने । बेसिक्टास र स्पोर्टिङ अंकविहीन बनेको छ ।

प्रतिक्रिया