कोरोनाविरुद्धको खोप लगाएको प्रमाण पत्र नि:शुल्क गर्न मन्त्रालयकाे निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाण पत्र नि:शुल्क गर्न/गराउन निर्देशन दिएको छ । वैदेशिक रोजगारी एवं अन्य कामकाजको सिलसिलामा अन्तर्राष्ट्रिय यात्रा गर्नेले खोप लगाएको प्रमाण पत्र पेस गर्नुपर्ने हुन्छ ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले आइतबार सूचना जारी गर्दै खोप लगाएको प्रमाणीकरण नि:शुल्क गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका हुन् ।

खोप लगाएको प्रमाणीकरण नि:शुल्क गर्ने साउन ७ गतेको सचिवस्तरको निर्णयअनुसार निर्देश भइसकेकोमा केही अस्पतालले शुल्क लिएको जनगुनासो आएको भन्दै मन्त्रालयले पुन: उक्त निर्देशन कार्यान्वयनका लागि भनेको हो ।

प्रतिक्रिया