टोकियो ओलम्पिक : एडम पिटीले रचे इतिहास

एजेन्सी । बेलायती पौडीवाज एडम पिटीले जापानमा जारी टोकियो ओलम्पिकमा बेलायतका लागि पहिलो स्वर्ण पदक दिलाएका छन् । उनले सोमबार बिहान पुरुष १०० मिटर ब्याकस्ट्रोकमा ५७.३७ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन् । योसँगै उनी बेलायतका लागि लगातार दुई ओलम्पिक स्वर्ण दिलाउने पहिलो पौडीवाज पनि बनेका छन् ।

उनले सन् २०१६ को रियो दि जेनेरियो ओलम्पिकमा पनि यही स्पर्धामा स्वर्ण हात पारेका थिए । यही स्पर्धामा नेदरल्यान्डका अर्नो कामिन्गाले रजत र इटालीका निकोलो मार्टिनइन्गीले कास्य पदक हात पारेका छन् ।

प्रतिक्रिया