मंगोलिया सहित तीन राष्ट्रलाई आइसिसीको सदस्यता

लण्डन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगोलिया सहित तीन राष्ट्रलाई सदस्यता दिएको छ । योसँगै आइसिसीको सदस्य राष्ट्रको संख्या १ सय ६ पुगेको छ । जसमा ९४ एसोसियट टोली छन् । आइतबार बसेको आइसिसीको ७८ औं वार्षिक साधारण सभाले मंगोलिया, स्वीजरल्यान्ड र ताजिकिस्तानलाई सदस्यता दिएको छ ।

आइसिसीको भर्चुअल बैठक मार्फत मंगोलिया र ताजिकिस्तानलाई एसिया रिजनको २२ औं र २३ औं सदस्यको रुपमा स्वागत गरेको छ । स्वीजरल्यान्ड युरोपको ३५ औं सदस्यता पाउने राष्ट्र हो । मंगोलिया क्रिकेट एसोसिएसन (एमसिए) २००७ सालमा स्थापना भएको हो । मंगोलियामा जुनियर र स्कुल क्रिकेट विकास हुँदै गएको छ । स्वीजरल्यान्डमा सन् १८१७ मा पहिलो पटक क्रिकेट खेल भएको बताइन्छ । २०१४ मा स्वीजरल्यान्ड संघको रुपअघि बढेको थियो । हाल ३३ सक्रिय क्रिकेट क्लबहरु रहेका छन् ।

मध्यपूरोप प्रतियोगिता स्वीजरल्यान्डले निरन्तर खेल्दै आएको छ । ताजिकिस्तानमा २०११ मा गठन भएको थियो । ताजिकिस्तानले उमेर समूह र महिला क्रिकेट विस्तारमा बढी जोड दिँदै आएको छ । यता नेपाल क्रिकेट संघ (क्यान)को सशर्त फुकुवा पूर्ण रुपमा हटाउने बारे कुनैपनि जानकारी उल्लेख गरेको छैन ।

प्रतिक्रिया