कोपा अमेरिका: उरुग्वे क्वार्टरफाइनलमा प्रवेश

एजेन्सी । दक्षिण अमेरिकाको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ । आज(शुक्रबार) बिहान भएको खेलमा बोलिभियालाई २-० गोलको अन्तरले हराइ उरुग्वे क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

उरुग्वेको जितका लागि एडिसन काभानीले एक गोल गरे भने एक गोल उरुग्वेले आत्मघाती गोलको रूपमा प्राप्त गरेको थियो । खेलको ४० औं मिनेटमा बोलिभियाका कालोर्स लाम्पेले आत्मघाती गोल गरेका थिए । सोही गोलबाट उरुग्वेले अग्रता लिएको थियो ।

खेलको ७९ औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई २-० को अन्तरले जित दिलाउँदै क्वार्टरफाइनलमा प्रवेश गराए । खेलमा जित हासिल गरेसँगै उरुग्वेले ३ खेलमा ४ अंक जोडेको छ । समूह ‘ए’ मा उरुग्वे चौथौ स्थानमा रहँदा अंकविहीन बोलिभिया पुछारमा छ ।

प्रतिक्रिया