त्रिकोणात्मक सिरिजका लागि २० खेलाडी छनोट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्पेनमा हुने विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच जुलाई तेस्रो साता हुने त्रिकोणात्मक सिरिजलाई नेपालले प्रारम्भिक २० सदस्य टोली घोषणा गरेको छ । शुक्रबार घोषणा २० सदस्य टोलीमा पुरानै नाम रहेका छन् । नेपालले सोमबारबाट बन्द प्रशिक्षण सुरु गर्ने छ । घोषणा टोलीमा अनुभवी स्पिनर वसन्त रेग्मी, ओपनर सुबास खकुरेल, युवा ब्याट्सम्यान रोहित कुमार पौडेल जस्ता ब्याट्सम्यान भने छैनन् । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल जुलाई तेस्रो साता स्पेनमा हुँदै छ ।

नेपालले गतवर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग २ मा डेब्यू गरेको थियो । नेपाल सहित, ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरि ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् ।

पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । विश्वकप सुपर लिगमा १३ टोली मध्य भारत आयोजक देश हुँदा छनोट भइसकेको छ । सुपर लिग पछि अन्य शीर्ष ७ टोलीले विश्वकपमा स्थान बनाउने छन् । बाँकी पाँच टोलीले ग्लोबल छनोटमा झर्नेछन् । १० टोलीबीच हुने ग्लोबल छनोटमा शीर्ष दुई टोलीले एकदिवसिय विश्वकप खेल्ने अवसर पाउने छन् ।

नेपालको टोली :
ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अभिनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र पृथु बास्कोटा ।

प्रतिक्रिया