युक्रेनमाथि नेदरल्याण्ड्सको जित

काठमाडाैं । यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न समूह सी को खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई हराएको छ। एम्स्टरड्याम एरेनामा सम्पन्न खेलमा घरेलु टोली नेदरल्याण्ड्सले युक्रेनमाथि ३-२ गोलअन्तरको रोमाञ्चक जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५२ औं मिनेटमा जर्जिनिओ विजनाल्डमको गोलमा नेदरल्याण्ड्सले अग्रता बनाएको थियो। त्यस्तै वोउट वोघ्रोस्टले ५८ औं मिनेटमा अर्को गोल थप्दै खेल बराबरीमा ल्याए।

उता युक्रेनका लागि एन्ड्री यर्मोलेन्कोले ७५ औं मिनेटमा गोल गर्दै युक्रेनलाई खेलमा फर्काउन चाहे। त्यस्तै रोमन यरेमचुकले ७९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । रोमाञ्चक बनेको खेलमा डेन्जेल डुमफ्राइजले ८५ औं मिनेटमा गोल गरे जुन नेदरल्याण्ड्सको जितका लागि निर्णायक बन्यो ।

त्यस्तै गएराति नै सम्पन्न समूह ‘सी’ को अर्को खेलमा अस्ट्रियाले नर्थ म्यासोडिनियामाथि ३-१ को जित निकालेको जित निकालेको थियो । योसँगै समूह ‘सी’ आफ्नो सुरुवाती खेलमै जित निकालेको अस्ट्रिया र नेदरल्याण्ड्स शीर्ष दुईमा छन् भने युक्रेन र नर्थ म्यासोडोनिया जितबिहीन छन् ।

प्रतिक्रिया