महालक्ष्मी लाइफ इन्स्योरेन्सको जरीवाना शुल्कमा छुट

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेखको प्रिमियम तिर्दा लाग्ने जरिवाना शुल्कमा छुट दिने भएको छ । कम्पनीले हालको अवस्थालाई मध्यनजर गर्दै २७ जेठबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था गरेको हो ।

विश्वव्यापी रूपमा फैलिरहेको कोभिड–१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लामा जारी निषेधाज्ञाको कारण बीमितले बीमाशुल्क किस्ता समयमा तिर्न सकेका छैनन् । कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखा संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुन नसकेको कारण तिर्न असमर्थ रहेका बताएको हुदा त्यसलाई मध्यनजर गर्दै सो छुट दिएको हो ।

यो संगै २०७८ असार मसान्तभित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई बीमालेख अवधि व्यतित भएको ३ महिनासम्म १ सय प्रतिशत, ६ महिना सम्म ७५ प्रतिशत र ६ महिना भन्दा माथि ५० प्रतिशत छुट दिने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया