डर्टमुन्डको सहज जित

बर्लिन । जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले मेइन्जमाथि सहज जित दर्ता गर्दै शीर्ष चारमा रहेर अर्काे सिजनको लागि च्याम्पियन लिगलाई छनोट भएको छ । आइतबार राति भएको खेलमा डर्टमुन्डले मेइन्जलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको हो । डर्टमुन्डको जितमा राफायल गुएररेइरो, कप्तान मार्काे रिउस र जुलियन ब्रान्डले गोल गरे । घरेलु टोलीका रोविन क्वाइसनले एक गोल फर्काए ।

खेलको २३औं मिनेटमा जाडोन सान्चोका पासमा राफयल गुएररेइरोले गोल गर्दै डर्टाुन्डलाई १–० को अग्रता दिलाए । ४२औं मिनेटमा कप्तान मार्काे रिउसले जाडोन सान्चोकै पासमा गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे । ८०औं मिनेटमा जुलियन ब्रान्डले एर्लिङ ब्राउट हालान्डको पासमा गोल गर्दै डर्टमुन्डलाई ३–० ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रोविन क्वाइसनले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि घरेलु टोलीले हार टार्न सकेन । जितपछि डर्टमुन्ड ३३ खेलबाट ६१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित मेइन्ज ३६ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

प्रतिक्रिया