क्रिकेटका केही आश्चार्यजनक घटना

लण्डन । क्रिकेट एक रोचक र एक अविश्वसनिय खेल हो । क्रिकेटमा अन्तिम बल र विकेट हुन सम्म नतिजा जे पनि र जतापनि जान सक्छ । भनिन्छ क्रिकेटमा असम्भव केहि हुँदैन । केहि नतिजा र घटना यस्ता हुन्छन्, जो विश्वास गर्ननै निकै मुश्किल पर्छ । पछिल्लो समय सिमित ओभरका खेलले क्रिकेट झनै लोकप्रिय र रोमाञ्चक बन्दै गएको छ । विशेष त टि२० शैलीको क्रिकेटबाट । क्रिकेटका केहि नतिजा लामो समयसम्म स्मरण हुन्छन् भने केहि छोटो समयमा सिमित हुन्छन् । जुन प्रतियोगिता महत्व, प्रदर्शन र प्रतिस्पर्धामा निर्भर रहन्छ । विश्व क्रिकेटमा कहिले काहिँ अप्रिय र अविश्वसनिय घटना घट्नुको साथै नतिजाहरु आउँछन् । जुन कल्पना र अपेक्षा भन्दा बाहिर हुन्छ । ती घटना वा दृश्व विश्वास गर्न मुश्किल पर्छ । सपना जस्तो लागेपनि तर सत्य र यर्थाथ हुन्छन् । त्यसैले त क्रिकेटको मज्जानै बेग्लै हुन्छ । नेपाली क्रिकेटमा पनि त्यस्ता केहि घटनाहरु छन् । जसमा विश्वका पाँच अविश्वसनिय घटना मध्य एक नेपाली क्रिकेटको दौरानमा छ । ती आश्चार्यजनक केही घटना यस्ता छन् ।

१. टसको सिक्का जमिनमा गाडिनु
२०१९ जुलाई ९, मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा एसिसी यू१९ इस्टर्न रिजन प्रतियोगिता फाइनलमा नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै थियो । नेपालका कप्तान रोहित कुमार पौडेल र हङकङका आदित गोरावोरा टस गर्न क्रिजमा आए । नेपालका कप्तान रोहितले सिक्का फाले । रेफ्री हेड की टेल प¥यो भनेर मैदानमा हेर्न नपाउँदै सिक्का सिधा जमिनमा गाडिन पुग्यो । जुन क्रिकेट इतिहासको एक अनौठो र दुर्लभ दृश्य थियो । उक्त सिक्का गाडिन पुगेपछि रोहितले पुन टस गर्नु परेको थियो । रोहितले टस जित्दै बलिङ गर्ने निर्णय लिएका थिए । नेपालले हङकङलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो ।

२. सुपर ओभरमा शून्य रन
विश्व क्रिकेटमा पछिल्लो समय सुपर ओभर सामान्य बन्न थालेको छ । सुपर ओभरमा हरेक ब्याट्सम्यान धेरै भन्दा धेरै रन बनाउन चाहन्छन् । क्यारेवियन प्रिमियर लिगमा गुयाना एमेजन वारियर्स र त्रिनिडाड टोबागो रेड स्टिलबीचको खेल टाई भएको थियो । एमेजनले सुपर ओभरमा ११ रन बनाएको थियो । १२ रन बनाउन त्रिनिडाडका निकोलस पुरन र रस टेलर आएका थिए । उक्त समय पुरन १८ वर्षका मात्रै थिए र विश्व क्रिकेटमा उदाउँदै थिए ।

स्ट्राइकमा पुरन र नस्ट्राइकमा टेलर रहे । पुरनले सुरुवाती चारै बल छुन सकेनन् । नारायणले सुरुवाती दुई बल अफसाइडमा, आउट साइट र अफ स्टम्पमा खेलाउँदै डट राखेका थिए । पुरन सबै बलमा ठूलो सट खेल्ने प्रयासमा मिस हुन पुगेका थिए । पाँचौ बलमा ठुलो सट खेलेका पुरन लङअफमा मार्टिन गुप्टिलबाट समातिन पुगेका थिए । अन्तिम बल टेलरलाई डट राख्दै नारायणले इतिहास रचे । नारायण सुपर ओभरमा मेडन राख्ने पहिलो खेलाडी बने । जुन सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ ।

लिग चरणमा बंगलादेशसँगको खेलमा एक अनौठो घटना घटेको थियो । कार्डिफमा इंग्ल्यान्डले प्रस्तुत गरेको ३ सय ८७ रनको विशाल लक्ष्य पछ्याउनेक्रमा चौथो ओभरको दोस्रो बलमा आर्चरले सौम्य सरकालाई बोल्ड आउट गरे । १ सय ४३ प्रतिघण्टा किलोमिरटको तीव्र गतिका बलिङ गरेका आर्चरले देब्रे हाते ब्याट्सम्यान सरकार मिस हुँदा बल स्टम्पमा लागेर विकेटकिपरमाथिबाट सिधैं बाउन्ड्री बाहिर गएको थियो । जुन विश्व क्रिकेट इतिहासकै एक दुर्लभ घटना थियो ।

३. एक बलमा २ सय ८६ रन
एक बलमा कति रन बन्ला ? छक्का हाने ६ रन । नो बलमा छक्का हाने ७ रन र नो बलमा लगातार छक्का हाने १३ रन । विश्व गर्न गाह्रो पर्न सक्छ । तर एक मैत्रीपूर्ण खेलमा एकै बलमा २ सय ८६ रन बनेको छ । जुन सुन्दानै अविश्वसनिय र आश्चर्य लाग्छ । इंग्ल्यान्डको एक पत्रिका अनुसार सन् १८९४ जुलाई १५ को घटना हो । वेस्टर्न अष्ट्रेलिया र भिक्टोरियन टिमबीच एक खेल भएको थियो ।

भिक्टोरियनले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो । मैदानको छेउमा बाउन्ड्री भित्र एउटा ठुलो रुख थियो । पहिलो बलमै ओपनरले ठुलो सट खेल्नेक्रममा उक्त बल रुखको हाँगामा गएर अड्कियो । भिक्टारियन ब्याट्सम्यानहरु रन लिन दौडन थाले । अम्पायरले रनको मान्यता दिए । किनभने त्यो समय कुनै पनि नियम थिएन ।

रुख ठुलो हुँदा खेलाडी चढ्न सकेनन् । वेस्टर्न अष्ट्रेलिया खेलाडी रुखलाई काट्न कसैले बन्चरो खोज्न थाले त कसैले बन्दुक । बन्दुकले हानेपनि बल खसेन । पछि अम्पायरले उक्त रुख काट्न लगाए । रुख काटेसँगै बल मैदानमा झर्यो । तर उक्त समय सम्म भिक्टोरियनहरुले २ सय ८६ रन बनाइसकेका थिए र इनिङ घोषित गरेका थिए । उक्त लक्ष्य वेस्टर्न अष्ट्रेलिया खेलाडीले पूरा गर्न सकेनन् र भिक्टोरियन टोली विजयी भएको थियो । यद्यपी यो खेलको आधिकारीक प्रमाण भने छैन ।

१.. धोनी र डी भिलियर्सले विकेटकिपरसँगै बलिङ गर्नु
क्रिकेटमा विकेटसकपरले विरलै वलिङ गर्छन । तर दक्षिण अफ्रिकाविरुद्ध भारतको खेलमा पहिले दक्षिण अफ्रिकाका स्टार ब्याटुसम्यान एवि डिभिलियर्सले एक्कासी बलि«ङ गर्न थाले । त्यसैको अर्को इनिङमा भारतीय कप्तान एकएस धोनीले पनि त्यसै गरे । जुन क्रिकेट इतिहासमा विरलै घटना हो ।

प्रतिक्रिया