नेपाल इन्स्योरेन्सको नाफा र बीमाशुल्क बढ्यो

काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको ९ महिनामा खुद नाफा २६ दशमलब ८८ प्रतिशतले बढाउन सफल भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा १७ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको हो ।

समिक्षा अवधिमा कम्पनीको नाफासँगै खुद बीमाशुल्क पनि ३५ दशलमव २८ प्रतिशतले बढेर ५८ करोड १८ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको चैत मसान्तमा ४३ करोड १ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९ दशलमव ७२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १ सय ७९ दशमलब १ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४२ दशमलब ५५ गुणा रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ४० करोड १७ लाख रुपैयाँ र बीमा कोषमा ५० करोड ७१ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीले चालुु आवको पहिलो ९ महिनामा १ लाख ११ हजार ७६६ वटा बीमालेख जारी गरी ९६ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, ४ हजार ६ सय ४ वटा बीमालेख बापत ४८ करोड ४८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।

प्रतिक्रिया