इसेवा र पेरु रेमिट सम्झौता

काठमाडौं । इसेवा मनि ट्रान्स्फर र अस्ट्रेलियाको पेरू रेमिटबीच रेमिट्यान्स वीच भुक्तानी सम्झौता भएको छ । उक्त सम्झौतासँगै अस्ट्रेलियामा रहेका नेपालीलाई रेमिट्यान्स् पठाउन सहज हुने भएको छ । उक्त सम्झौतापछि अस्ट्रेलियामा रहेका नेपालीले आफ्नो बैंक खाता तथा इसेवा वालेटमा रियल टाइममा रेमिट्यान्स पठाउन सक्नेछन् । त्यस्तै पेरू रेमिटमार्फत पठाएको रकम इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८ हजार भन्दा बढी एजेन्ट सञ्जालबाट भुक्तानी लिन सकिने इसेवा रेमिटले जनाएको छ ।

सम्झौतापछि इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले भने,‘पेरू रेमिटसँगको सहकार्यले गर्दा हामीलाई अस्ट्रेलियामा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउने भरपर्दो माध्यम बनेको छ । यो सम्झौताले अन्तर्राष्ट्रिय विपे्रषणलाई डिजिटलिकरण गर्ने तथा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा थप टेवा पु¥याउने छ ।’ पेरू रेमिट अस्ट्रेलियामा आधारित रेहर रेमिट्यान्स् कारोबार गर्ने कम्पनी हो । जहाँबाट अस्ट्रेलियामा रहेका नेपालीले सहज, सुरक्षित र कम लागतमा रेमिटयान्स पठाउन सकिन्छ ।

प्रतिक्रिया