कर तिर्ने समय थप्न बिज्ञापन संघको माग

काठमाडौ । नेपाल विज्ञापन संघ (आन) ले कोभिड १९ को नयाँ भेरियण्टको संक्रमण रोकथाको लागि मुलुकको ७५ प्रतिशत भुभागमा निषेधाज्ञा जारी रहेको कारण कर तिर्ने समय थप्न सरकार संग माग गरेको छ । सरकारलाई बुझाउनुपर्ने कर र राजस्वको बिवरण बुझाउन अहिलेको अवस्थामा नसकिने भन्दै आनले म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न सरकारसंग अनुरोध गरेको हो ।

संघले बिहीबार सरकारको सम्बन्धित निकायमा पत्राचार गरी अहिलेको बिषम परिस्थितिलाई मनन गरी मूल्य अभिवबृद्धी कर, आय करको अग्रिम कर कट्टी लगायतका करहरुको बिवरण बुझाउन समय थप्नै पर्ने बनाएको छ । कोभिड महामारीको कारण दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका उद्योग प्रतिष्ठानका कर्मचरी तथा कामदारहरु समेत स्वास्थ सम्वेदनशीलताको कारण आवतजावत गर्न नसकेको समयमा कर तिर्न नसकिने ब्यहोरा सरकारले बुझनुपर्ने भन्दै आनले महामारी कति समय जान्छ, त्यो भन्न सक्ने अवस्था नरहेको र बन्दाबन्दीले अर्थतन्त्र चलायमान बन्न नसक्दा उद्योगी व्यवासयी, काम गरेर खाने श्रमिक कामदार लगायत आम सर्वसाधारणको दैनिक जिीवन यापन कठिन बन्दै जाने यर्थाथतालाई मनन गरी सरकारले उचित नीति सहितको सहयोग गर्ने पनि विज्ञप्ति मार्फत अपिल गरेको छ ।

प्रतिक्रिया