निषेधाज्ञामा निक्षेप फिर्ताको क्रम बढ्यो

काठमाडौ । सरकारले जारी गरेको निषेधाज्ञा संगै निक्षेप फिर्ता हुने क्रम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार उपत्यकामा मात्रै निषेधाज्ञा हुनुभन्दा अघि २५ अर्ब रुपैयाँ भन्दा बढीको निक्षेप बैंक तथा वित्तीय संस्थाबाट बाहिरिएको थियो भने निषेधाज्ञा पछि मात्रै बैंकबाट ५ अर्ब रुपैयाँ पलायन भएको राष्ट्र बैंक स्रोतले बतायो । तर राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले भने निक्षेप संकलन र फिर्ताको अवस्था सन्तुलित अवस्थामा रहेको बताएका छन । तर धेरै निक्षेप पलायन भएको कारण सीसीडी अनुपात हुने बैंकहरु थप कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगीसेका छन । उच्च सीसीडी अनुपात भएका बैंकहरु सीसीडी अनुपात धेरै भएकै कारण हर्जाना तिर्नुपर्ने सम्मकाके अवस्थामा पुगीसकेका छन ।

नेपाल बैंकर्स संघमा अध्यक्ष भुवन दाहाल पनि धेरै सीसीडी रेसियो हुने बैंकहरुको निक्षेप फिर्ता बढ्दा समस्या हुनेमा सहमती जनाउछन । निक्षेप फिर्ताको अनुपातमा निक्षेप संकलनको व्यवस्थापन गर्न सके समस्या नहुने अन्य बैकर्सहरुको भनाई छ । अहिले नेपाल राष्ट्र बैंकले बैंकलाई अधिकतम ८५ प्रतिशतको सीसीडी रेसियोको सीमा कायम गरेको छ । त्योभन्दा धेरै सीसीडी अनुपात भएका बैंकहरुमाथी थप कर्जा लगानीमा प्रतिबन्द लगाइएको हुन्छ । अधिक निक्षेप फिर्ता भएर सीसीडी अनुपात घट्यो भने राष्ट्र बैंकको नियमानुसार हर्जाना तिर्नुपर्ने व्यवस्था रहेको छ ।

अघिल्लो वर्ष चैतमा लकडाउन घोषणा भएपछि बजारमा अधिक तरलताको समस्या देखिएर कर्जा लगानी गर्ने ठाउँ नपाएर बैंकहरुले निक्षेपको ब्याजदर घटाएका थिए । सोही कारण समग्र बजारको ब्याजदर घटेको थियो । बचतको ब्याजदर शुन्यको नजिक समेत पुगेको थियो । अहिले बैंकहरुले दिने ब्याजदरमा केही सुधार देखिएपनि केही बैंकहरु भने कर्जा लगानी नै गर्न नसक्ने अवस्थामा पुगेका छन् । चैत मसान्तमा बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणमा ५ बैंकको सीसीडी रेसियो ८१ प्रतिशत भन्दा बढी छ । त्यस्ता बैकहरु मध्ये एनआईी एशिया बैंकको सीसीडी अनुपात ८४.२१ प्रतिशत रहेको छ भने मेगा बैंकको ८३.५४ प्रतिशत, सानिमा बैंकको ८२.७९ प्रतिशत, प्राइम बैंकको ८२.१३ प्रतिशत र कुमारी बैंक ८१.२३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया