बालबालिकाको सद्गुण विकासका लागि वनभोजको आयोजना

काभ्रे । नयाँ उर्जा, उत्साह, उमङ्ग र स्वयं अनुशासनको लागि सदगुण पिकनिक यात्रा भन्ने मुल नाराका साथ सदगुण जागरण नेपालको सहकार्यमा सदगुण बाल समुह को आयोजनामा काभ्रे तेमालमा ‘सदगुण वनभोज यात्रा’ आयोजना गरिएको छ ।

तेमाल गाउँपालिकाको वडा न १ का वडाध्यक्ष मान बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रमा सदगुण जागरण नेपालको केन्द्रिय संयोजक सरगम तामाङको विशेष आतिथ्यता रहेको थियो । नयाँ वर्ष २०७८ को उपलक्ष्यमा गाउँ गाउँमा रहेका बालबालिकामा सकारात्मक कार्यप्रति नयाँ उर्जा उत्साह उमङ्ग र स्वयं अनुशासनको लागि आफै अग्रसर होस् भन्ने हेतुले कार्यक्रम सञ्चालन गरिएको आयोजकले बताएको छ ।

कार्यक्रम बिहान ६ बजेदेखि तेमाल आधाबाट यात्रा गर्दै पौराणिक मान्यता अनुसार गुरु पदमसम्भबले सिद्ध लाभ गरेको यारिनाक गुफासम्म गरिएको थियो । उक्त कार्यक्रममा सदगुण जागरण नेपालका अभियान्ताहरुले बालबालिकाहरुलाई सिर्जनात्मक तरिकाले खेल खेलाउने, नचाउने गित गाउने र नैतिक अनुशासनमै रहेर पनि खुशी हुन सकिन्छ भन्ने ब्यबहारिक उदाहरण समेत दिइएका थिए ।

अनौपचारिक चरणको सदगुण यात्रा सकेपछि दिउँसो तेमाल १ कै आधाबाट मौलचौरमा शाकाहारी परिकारसहितको बनभोज गरेर औपचारिक कार्यक्रम सम्पन्न गरिएको थियो । औपचारिक यात्राको कार्यक्रम सदगुण बाल समूहको तर्फबाट साजन तामाङको स्वागत मन्तब्य र लाल सिङ तामाङको शुभकामना मन्तब्यबाट सुरु भएको कार्यक्रममा विशेष अतिथिसमेत रहेका सदगुण जागरण नेपालका केन्द्रिय संयोजक सरगम तामाङले गाउँ–गाउँमा रहेको बालबालिकामा आफैभित्र लुकेर रहेको सकारात्मक उर्जालाई मलजल गर्न र अनैतिक कार्य छोडेर सभ्य नागरिक बन्न सकोस् र त्यसको सुरुवात सानै उमेरबाट हुनुपर्छ भन्ने उद्देश्यका साथ सदगुण जागरण नेपालले यस्ता कार्यक्रम सन्चालन गर्दै आएको बताए ।

साथै नैतिक सचेतनाका कुरा, जाड रक्सी खानुहुदैन, झैझगडा गर्नुहुदैन, मेलमिलाप गरेर बस्नुपर्छ भन्ने जस्ता आफैलाई हित हुने कुरा अहिलेका समाजका ठुला मान्छेले स्विकार्न अलिक गाह्रो भएकोले हाम्रो कार्यक्रम बालबालिका केन्द्रित भएको हो भनेर स्पष्ट पारे । उनले भने, ‘लौ हेर्नुस नयाँ बर्षका दिन हाम्रै गाउँका धेरै जना ब्यक्तिहरु रक्सी बियर मासु खाएर खुशी मनाईरहेका होला, तर हामी बिल्कुल फरक तरिकाले विशेष शाकाहारी परिकार सहित बनभोज गरेर यस्तो अभियान चलाईराखेका छौ, यो नै हाम्रो सदगुण अभियान हो ।’

कार्यक्रमको विशेष आतिथ्यमै रहेका पन्चकन्या आधारभूत विद्यालयका प्रधानध्यापक रामप्रसाद पाण्डेले आफूले पढाएका बालबालिकामा यस्ता नैतिक सचेतनाका कार्यक्रम ल्याएर अनुशासित विद्यार्थि बनाउन इट्टा थप्ने काम सदगुण जागरण नेपालले गरेकोमा आफू एकदमै खुशी भएको बताए । प्रमुख आतिथि वडाध्यक्ष मानबहादुर श्रेष्ठले सिर्जनात्मक ब्यबाहारिक तरिकाले बालबिकाहरुमा नैतिक उर्जा उत्साह र स्वयं अनुशासन स्थापित गर्न गरेको यस्तो नौलो कार्यक्रम तेमालमै पहिलो भएको, यसको सुरुवात तेमाल १ बाटै सुरु हुनुमा आफू र वडाबासी एकदमै गौरवान्वित भएको बताए ।

उनले अहिले हाम्रो समाजमा सकारात्मकता हराएको गएको, पुर्बजहरुले छोडेर गएका धर्म सस्कृती र नैतिक शिक्षा हराउदै गएकोमा अब नयाँ बालबालिकाहरु यसमा जागरुक हुन थालेकोमा आफू एकदमै खुशी भएको समेत बताए । उनले आगामी दिनमा यस्ता कार्यक्रमका लागि नैतिक आर्थिक बौद्धिक र भौतिक सहयोग गर्न स्थानिय सरकारले कहाँ नेर कसरी के गर्नुपर्छ आफुहरु सधैँ, सबै तरिकाको सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रम सदगुण जागरण नेपालको अभियान्ता वीरबल तामाङको सञ्चालनमा सदगुण जागरण नेपालको अभियान्ताहरु सुन लामा, सागर मगर, धनदास लामा, सन्दिप लामा मुञ्जु तामाङ सुनिता तामाङ, पासाङ तामाङ र सदगुण बालसमुहको ४० जना भन्दा बढी बालबालिकाहरुको सहभागितामा सम्पन्न भएको थियो ।

भने अझै आगामी दिनमा समुन्नत ढङ्गले सदगुण बाल समूहका बालबालिकालाई सहि दिशानिर्देश होस् भन्ने हेतुले वडाध्यक्ष मान बहादुर श्रेष्ठको सल्लाहसमेत रहने गरि पञ्चकन्या आधारभूत विद्यालयका प्रधनाध्यापक रामप्रसाद पाण्डे, सदगुण जागरण नेपाल केन्द्रिय संयोजक सरगम तामाङ, पञ्चकन्या आ बि का ब्यवस्थापन समिति अध्यक्ष कान्छामान तामाङ र स्थानिय समाजसेबी भु पु वडाध्यक्ष कृष्णमान तामाङ सहितको ५ जनाको सल्लाहकार समिती समेत गठन गरेर कार्यक्रम समापन गरिएको आयजकले जनाएको छ ।

प्रतिक्रिया