खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लागेर युवकको मृत्यु

जनकपुरधाम । धनुषामा बाली संरक्षण गर्न खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका–२ धुमासन बस्ने जोगेन्द्र महतोका २३ वर्षीय छोरा अमरेश कुमार महतो छन् ।

बुधबार दिउँसो घाँस लिन निस्केका अमरेशको शव बिहीबार बिहान स्थानीय पदम लामाको खेतमा फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उत्तरी भेगमा नीलगाईको आतंक छ ।

नीलगाईबाट परबल बाली जोगाउन खेतमा लगाइएको बारमा जडान गरेको विद्युतीय तारमा करेन्ट लागेर अमरेशको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया