खेल-खेलाडी

राष्ट्रिय विभूति स्मृति कप भलिबल प्रतियोगिता हुने

सौर्य अनलाइन २०७७ चैत २९ गते १७:१९ मा प्रकाशित

काठमाडौं । प्रथम नेपाली महिला सगरमाथा आरोही एवं राष्ट्रिय विभूति पासाङल्हामु शेपा स्मृति कप भलिबल प्रतियोगिता आगामी वैशाख ८ देखि १० गतेसम्म खुम्बु पासाङल्हामु गाउँपालिका सुर्केमा गरिने भएको छ ।

‘समान र सम्मान हाम्रो चाहना, विभेदरहित समाज हाम्रो परिकल्पना’ भन्ने सन्देशका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा पुरुषलाई गाउँस्तरीय र महिलालाई जिल्लास्तरीय तहबाट सहभागी गराइने छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय विभूति पासाङ ल्हामु शेपा स्मृति कप आयोजक समितिका संयोजक जाङबु शेर्पाले खेलकूदका माध्यमबाट त्यस क्षेत्रको पर्यटन प्रवर्धन गरिने बताए ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः एकला, रु ५० हजार र २५ हजार पुरस्कार तथा ट्रफी प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, रेजर र सटरको छनोट गरी उपहार दिइने छ । कार्यक्रममा समाजिक विकासमा योगदान पु¥याउने अग्रज व्यक्तित्वलाई सम्मानसमेत गरिने जनाइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय