सरकारलाई मात्र दोष दिन मिल्दैन : लालबाबु पण्डित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले सरकारलाई मात्र दोष दिन नमिल्ने बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा उनले संसदलाई बिजनेस नदिएको भनेर सरकारलाई मात्र दोष दिन नमिल्ने बताएका हुन् ।

बैठकको विशेष समयमा बोल्दै नेता पण्डितले अहिले संसदमा ६५ वटा विधेयक बाँकी भए पनि संसदले नै काम अगाडि बढाउन नसकेको बताए । ‘नाम विधेयक अधिवेशन अनि अहिलेसम्म एउटा विधेयक पास गर्छ कि गर्दैन ? जनताले हेरिरहेका छन्, राष्ट्रिय र संघीय संसदमा ६५ वटा विधेयक बाँकी छन्’, सांसख पण्डितले भने ।

साथै, उनले सवा लाख नागरिक नागरिकता पाउन कुरिरहेका तथा अहिले विभिन्न समितिले रिपोर्टसहित संसदमा विधेयक पठाइरहेका भए पनि संसदले नै विधयेकका काम अगाडि बढाउन नसकेको दाबी गरे ।

उनले कतिपय माननीय सांसदहरुले सरकारले काम दिएन भनेर कुरा गरिरहेको प्रति उनले यी विधेयक पास गर्ने काम संसदको होइन ? भन्दै प्रश्‍नसमेत गरे । उनले सबै विषयमा सरकारलाई मात्र गाली गर्नु र कुण्ठा पोख्‍नेबाहेक अरू केही नभएको पनि बताए ।

प्रतिक्रिया