नेपाल–खनाल समूहले गर्यो दुईमहिने देशव्‍यापी अभियानको घोषणा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनालको र समूहले दुईमहिने अभियानको घोषणा गरेको छ । आज बसेको उक्त समूहको स्थायी कमिटीको बैठकले पार्टी जोगाउन भन्दै दुईमहिने अभियानको घोषणा गर्दै तल्लो तहसम्म जाने निर्णय गरेको बताइएको छ ।

स्थायी कमिटी सदस्य योगेश भट्टराईका अनुसार आगामी दुई महिनाको लागि पार्टी संगठन निर्माण र सुदृढीकरण लागि तल्लो तहसम्म जाने निर्णय गरेको हो । ’नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने मुल नाराकासाथ दुई महिना अभियान चल्ने उनको भनाइ छ ।

उनले भने, ‘हामीले एकताको लागि नवौँ महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीलाई ब्युँताउने र आवश्यकता अनुसार संगठन विस्तारका लागि नेता कार्यकर्तालाई तल्लो तहसम्म पठाउँछौँ ।’ पार्टी एकताको लागि देशभर प्रशिक्षण र अन्तरक्रिया गर्नेसमेत नेता भट्टराईले बताए । पार्टी एकता आवश्यक भएको र त्यसैको लागि आफूहरु लागिरहेको उनले बताए ।

प्रतिक्रिया