चन्द्रागिरिमा मोटरसाइकल र स्कुटर ठाेकिँदा एकको मृत्यु, दुई जना घाइते

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एउटा मोटरसाइकल अनियन्त्रित भएर स्कुटरमा ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ ।

नन्दागिरि नगरपालिका–१५ तीनथानास्थित सडकमा आज बिहान बा ८५प ४८२२ नम्बरको मोटरसाइकल बा प्र ०२–०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही नगरपालिका–४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा घाइते भएका स्कुटरमा सवार दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया