स्टार सिटी एक खेल लगावै च्याम्पियन

नेपालगन्ज । सुदूरपश्चिमको स्टार सिटी युवा क्लब एक खेल अगावै एन्फा प्रेसिडेन्ट लिग २०७७ को च्याम्पियन बनेको छ । शुक्रबार भएको खेलमा प्रदेश २ को मनकामना युवा क्लब रौतहटले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङलाई २–१ ले पराजित गरेपछि स्टार सिटी च्याम्पियन बनेको हो । यस्तै अर्को खेलमा प्रदेश नम्बर १ को सैनिक युथ क्लब झापाले बागमती प्रदेशको धादिङ समाज धादिङलाई २–० ले पराजित गरेको छ । मनकामनाले खेल जितपछि एक खेल अगावै सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलाली लिग च्याम्पियन बनेको छ ।

शुक्रबार मनकामनाको जितमा शुवन बस्नेतले सुरुआतको नवौं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि पेनाल्टी अवसरमा ५८औं मिनेटमा गोल गरेर अग्रतालाई दोब्बर बनाए । भुवन खेलको म्यान अफ द म्याचबाट पुरस्कृत भए । यसैगरी त्रिवेणीका लागि अविशेख लिम्बुले २९औं मिनेटमा गोल गरे । ५ खेल खेलेको स्टारले १३ अंक जोडेको छ । अब स्टारले आफनो अन्तिम खेल त्रिवेणीसँग खेल्नेछ । त्यो खेलको नतिजा जे आए पनि स्टारसिटी शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो ।

त्रिवेणीले ५ खेलमा ३ जित २ हारको सामना गर्दै ९ अंक जोडेको छ भने मनकामनाले ५ खेलमा २ जितसहित ६ अंक बनाएको छ । यस्तै सैनिकको जितमा जीवन गुरुङले ३६ औं मिनेट र सुरज सिंह ठकुरीले ९३औं मिनेटमा गोल गरेका थिए । खेलमा सैनिकका राजेश परियार म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत शनिबार लुम्बिनी प्रदेशको धम्बोझी क्लब र कर्णालीको लेकाली युवा क्लब जुम्लाबीच प्रतिस्पर्धा हुनेछ । चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, कर्णालीको लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना भइरहेको यस प्रतियोगिताको विजेतासहित शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया