खनाल–नेपाल समूहको निर्णय : संसदीय दलको बैठकमा जाने

काठमाडौं । एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटी सदस्यहरुको बैठकले पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । आज कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन माग गर्ने निर्णय गरेको एक केन्द्रिय सदश्यले जानकारी दिए ।

उनका अनुसार आजको खनाल–नेपाल समूह संसदीय दलको बैठकमा सहभागी हुनेछ । ओलीले दिउँसो ३ बजेका लागि बैठक डाँकेका छन् । बैठकमा सहभागी भएर आफ्ना कुरा राख्ने निर्णय भएको छ ।

प्रतिक्रिया