खेल-खेलाडी

टोटनह्यामको शानदार जित

सौर्य अनलाइन २०७७ फागुन २४ गते ७:५३ मा प्रकाशित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ । टोटनह्यामलाई जिताउनका लागि ग्यारेथ बेल र ह्यारी केनको योगदान महत्वपूर्ण रह्यो ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले क्रिष्टल प्यालेसलाई ४–१ ले पराजित गरेको हो । टोटनह्यामको जितमा ग्यारेथ बेल र ह्यारी केनले दुई–दुई गोल गरेका हुन् । क्रिष्टल प्यालेसका लागि क्रिष्टियन बेन्टेकले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा एक गोल फर्काए ।

 

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय