भारतविरुद्ध इंग्ल्यान्डको मध्यम प्रर्दशन

चेन्नई । इंग्ल्यान्डले भारतसँगको चौथो तथा अन्तिम टेष्ट खेलमा मध्यम प्रर्दशन गरेको छ । पहिलो दिनको समाप्तिमा इंग्ल्यान्डले पहिलो इनिङमा १ सय ८१ रनको अग्रता लिएको छ । इंग्ल्यान्ड अल आउट भएपछि अन्तिम समयमा ब्याटिङ थालेको भारतले पहिलो इनिङमा १२ ओभरमा १ विकेट गुमाउँदै २४ रन बनाएको छ । भारतका ओपनर रोहित शर्मा ८ र चेतेश्वर पुजारा १५ रनमा अविजित छन् । युवा ओपनर सुभमन गिललाई पहिलो ओभरको तेस्रो बलमै जेम्स एन्डरसनले शून्यमा एलबिडब्लू आउट गर्दै पेभिलिएन फर्काए । एन्डरसनले बलिङ गरेको ५ ओभरनै मेडन राख्दै दबाब बनाएका छन् ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो इनिङमा ७५.५ ओभरमा २ सय ५ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले १ सय २१ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ५५ रनको योगदान दिए । तल्लोक्रमका ब्याट्सम्यान ड्यान लरेन्सले ७४ बलमा ८ चौका सहित ४६ रन जोडे । जोनी बेयरस्टो २८ र ओली पोप २९ रनमा आउट भए । अन्य ब्याट्सम्यानको प्रर्दशन सम्झन लायक रहेन ।

स्पिनर अक्षर पटेलले छैटौं ओभरको दोस्रो बलमै सिब्लेलाई २ रनमा बोल्ड आउट गर्दै भारतलाई पहिलो सफलता दिलाएका थिए । अक्षरकै बलमा ठूलो सट खेल्ने धुनमा ज्याक क्रली ९ रनमा मोहम्मद सिराजबाट समातिन पुगे । १३ औं ओभरको पहिलो बलमा कप्ता जो रुटलाई मोहम्मद सिराजले ५ रनमा एलबिडब्लू आउट गर्दा इंग्ल्यान्ड ३०–३ को अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि बेयरस्टो र स्टोक्सले ४८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । बेयरस्टोलाई सिराजले एलबिडब्लू आउट गर्दै उक्त साझेदारी तोडे ।

बेयरस्टोले ६७ बलमा ६ चौका प्रहार गरे । पाँचौं विकेटका लागि स्टोक्सले ओली पोपसँग मिलेर ४३ रनको साझेदारी गरे । पोपलाई रविचन्द्रन आश्विनले सुभमन गिलबाट क्याच गराए । पोपले ८७ बल खेल्दै २ चौका प्रहार गरे । स्टोक्सलाई वासिन्टन सुन्दरले ४७ औं ओभरमा एलबिडब्लू आउट गरेपछि इंग्ल्यान्डको ठूलो योगफलको सम्भावना टाढिएको थियो । छैटौं विकेटका लागि पोपले लरेन्ससँग ४५ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । तर त्यसपछिका ब्याट्सम्यान मैदानमा टिक्न नसक्दा समस्तैमा समेटिएको हो । भारतका स्पिनर अक्षर पटेलले सर्वाधिक ४ विकेट लिए । रविचन्द्रन आश्विनले ३ र मोहम्मद सिराजले २ विकेट लिए । वासिन्टन सुन्दरको नाममा १ विकेट रह्यो । चार टेष्ट खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ ।

प्रतिक्रिया