फुटबल संघ कालिकोटको आयोजनामा फुटबल प्रतियोगिता हुने

कालकिोट । कालिकोटमा योगी नरहरीनाथ प्रथम जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । कालिकोट जिल्ला फुटबल सघंको आयोजनामा चैत महिनाको १५ गते बाट प्रदेश फुटबल लिगको तयारीका साथै सर्वाधिक पुरस्कार राशीको जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको हो । फुटबल संघका तदर्थ समितिका अध्यक्ष सुरेशकुमार बमका अनुसार जिल्लाका नयाँ दर्ता हुन चाहने तथा दर्ता भई सकेका पुराना क्लबहरुलाई प्रक्रिया पुरा गर्दै लिगको तयारी शुरु गर्न अनुरोध गरेका छन ।

सम्पूर्ण दर्ता भएका क्लबहरु बिच नकआउट प्रतियोगिता संचालन गरि त्यसबाट छनौट भएका ८ क्लबहरु बिच लिग प्रतियोगिता सञ्चालन हुने बमले जानकारी दिए । पुराना तथा नयाँ क्लबहरुले यहि आउँदो फाल्गुण १५ गते देखि २८ गतेसम्म कालिकोट जिल्ला फुटबल सघंमा आफ्नो क्लव दर्ता गराउन र सो मितिदेखि पछि दर्ता हुन आएका क्लबहरुलाई प्रतियोगितामा समावेश नगरिने बताए ।

कालिकोट जिल्ला फुटबल सघंमा आवद्ध भएको ६ महिना भित्र क्लवले दर्ता प्रक्रिया पुरा भएका जस्तै जिल्ला प्रसासन कार्यालय वा प्रचलित कानुन अनुसार तोकिएको निकायमा दर्ता भई प्रत्येक बर्ष नविकरण गरेको हुनु पर्ने, क्लबको बैंक खाता भएको हुनु पर्ने, क्लवले स्थायी लेखा नं. (पान नं) लिएको हुनु पर्ने, प्रत्येक टिमले खेलाडी र एक जना म्यानेजर (कोच) को नाम, दुई प्रति फोटो तथा परिचय पत्र (नागरिकता, विद्यालय तथा क्याम्पसको परिचय पत्र) अनिवार्य रुपमा पेश गर्नु पर्ने र टिम दर्ता शुल्क रु ५,००० लाग्ने आयोजकले जनाएको छ ।

लिगमा प्रथम स्थान प्राप्त गर्ने क्लबले पुरस्कार स्वरुप पचास हजार नगद सहित, कप मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ र प्रदेश फुटबल लिगमा भाग लिन पाउने, लिगमा द्धितिय स्थान प्राप्त गर्ने क्लबले पुरस्कार स्वरुप तिस हजार नगद सहित, मेडल तथा प्रमाणपत्र पाउने, लिगमा प्रवेश गरेका सम्पुर्ण क्लबहरुलाई तयारी लागत दश हजारका दरले ८ वटा क्लबहरुलाई दिईने, सर्वोत्कृष्ठ गोलकिपर, डिफेण्डर, मिडफिल्डर, स्ट्राईकर तथा सर्वाधिक गोलकर्तालाई विशेष पुरस्कारद्धारा सम्मानित गरिने पनि जनाइएको छ ।

चैत्र १५ गते हुने फुटबल प्रतियोगिता भव्यरुपमा सफल पार्न सवैले आफनो क्षेत्रबाट सहयोग गर्न सवैलाई अनुरोध फुटबल संघका पदाधिकारीहरुले बताएका छन् । सदमुकाम मान्ममा भएको पत्रकार सम्मेलन कार्यक्रममा योगी नरहरीनाथ प्रथम जिल्ला लिग फुटबल प्रतियोगिता जिल्लाका स्थानीय तहका प्रमुख प्रतिनिधी तथा सरकारी तथा गैरसरकारी संस्थाका जिम्मेवारलाई व्यक्तिलाई सहयोग गर्न अपिल गरेको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया