बढ्यो सुनको मुल्य

काठमाडौं । आज सुनको मूल्य चार सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ९२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन ९२ हजार ३ सय रुपैयाँ प्रतितोला पुगेको हो।

त्यस्तै चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँ घटेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको छ। सोमबार भने छापावाल सुन ९२ हजार ४ सय र तेजाबी सुन ९१ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

चाँदी पनि अघिल्लो दिन १ हजार २ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ८ सय ५७ अमेरिकी डलरमा कारोबार भएको छ।

प्रतिक्रिया