खेल-खेलाडी

इङल्याण्ड र श्रीलंकाबीचको पहिलो टेस्ट क्रिकेट सुरु

सौर्य अनलाइन २०७७ माघ १ गते १५:२४ मा प्रकाशित

एजेन्सी । इङल्याण्ड र श्रीलंकाबीचको पहिलो टेस्ट क्रिकेट श्रीलंकाको गालेमा बिहीबार सुरु भएको छ । टस जितेर ब्याटिङ थालेको श्रीलंका पहिलो दिनको पहिलो सत्रमै ६२ रन बनाउँदै तीन विकेट गुमाइसकेको छ ।

इङल्याण्डका तिव्र गतिका बलर स्टुआर्ट बोर्डले दुई विकेट लिएका थिए । श्रीलंकाका नियमित कप्तान डिमुथ करुनारत्ने बुढी औंलामा चोट लागेपछि खेल्न असमर्थ भएसँगै श्रीलंकाली टोली दबाबमा परेको थियो। श्रीलंकाली टोलीको नेतृत्व दिनेश चन्डीमलले गरेका छन्।

एन्जेलो म्याथ्युज (१७) र कप्तान चन्डीमल (२२) बीच अविजित ४० रनको साझेदारी भएसँगै श्रीलंकाले भोजन समयसम्म ६५ रन बनाएको छ। इङल्याण्डका बलर बोर्डले प्रारम्भिक ब्याट्सम्यान लाहिरु थिरिमाने (४) र कुसल मेन्डिस (०) लाई आउट गरेका थिए।

गत मार्चमै हुनुपर्ने टेस्ट शृंखला कोरोनाभाइरस महामारीका कारण स्थगित भएको थियो। यसपटक महामारीका कारण रंगशालामा दर्शकलाई प्रवेश दिइएको छैन। यी दुई मुलुकबीच दुई टेस्टको शृंखला हुनेछ। दोस्रो टेस्ट गालेमै जनवरी २२ मा सुरु हुनेछ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय