नबिल बैंक र वान टु वाचबीच सहकार्य

काठमाडौं । नबिल बैंक र वान टु वाच, एक लगानी प्रवद्र्धन कम्पनीले संयुक्त रूपमा ‘कोभिड–१९ एमएसएमई कोष नेपाल’ अन्तर्गत लघु, साना तथा मझौला उद्यम (एमएसएमई)लाई ब्याजमुक्त र धितोरहित कर्जा प्रदान गर्ने सम्झौता गरेको छ । यस रणनीतिक साझेदारीमा लघु, साना तथा मझौला उद्यमलाई कोभिड–१९ बाट प्रभावित तर व्यवसायलाई निरन्तरता दिने क्षमता भएका व्यवसायलाई धितोरहित र ब्याजमुक्त छोटो अवधिको कर्जाले लाभान्वित भई कोभिड–१९को प्रभावविरुद्ध लड्न तथा व्यवसायलाई निरन्तरता दिन मद्दत हुने बताइएको छ ।

त्यसैगरी यी व्यवसायमध्येका छनोटमा परेका व्यवसायीले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने उल्लेख गरिएको छ । पूर्वनिर्धारित मापदण्डका आधारमा व्यवसाय सुचारु गर्ने सम्भाव्यताको मूल्यांकन गरिएको एमएसएमईले नबिल बैंकबाट धितोरहित कर्जा प्राप्त गर्नेछन् र ब्याज रकम अधिकतम १८ महिनासम्म कोषले भुक्तान गर्नेछ ।

नबिल बैंकका डेपुटी सीईओ सुजितकुमार शाक्य र वान टु वाचका प्रबन्ध निर्देशक सुमन जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । सो कार्यक्रममा नबिल बैंकका तर्फबाट प्रमुख एसएमई र लघुवित्त निरज बस्नेत डनिल र वान टु वाचका तर्फबाट कार्यक्रम प्रबन्धक, सुब्रिना श्रेष्ठको उपस्थिति थियो ।

साझेदारीबारे बोल्दै नबिल बैंकका सीईओ अनिल केशरी शाहले यस कठिन समयमा बाँच्नका लागि सहयोग पु¥याउन र निरन्तरता दिई सक्षम हुन धितोरहित र ब्याजमुक्त कर्जा प्रदान गर्न यस प्रयासमा वन टु वाचको साथ सहकार्य गर्न धेरै उत्साहित बनाएको बताए । बैंक लघु, साना तथा मझौला उद्यमीलाई वित्तीय पहुँच पु¥याउन सजिलो बनाउने सेवा ल्याएर एमएसएमई क्षेत्रको प्रवद्र्धनमा सदैव केन्द्रित रहेको पनि विज्ञप्तिमा उल्लेख छ । साथै, वान टु वाचका प्रबन्ध निर्देशक सुमन जोशीले बैंकलाई पार्टनर बैंकको सूचीमा राख्न पाउँदा खुसी लागेको बताएका छन ।

प्रतिक्रिया