अष्ट्रेलियाले भारतसँग हार्नुका यी हुन कारण

सिड्नी । अष्ट्रेलिया भारतसँग तेस्रो ओडिआई खेलमा १३ रनले पराजित हुन पुगेको छ । मानुका ओभल क्यानबेरामा सम्पन्न तेस्रो खेलमा भारतले जित निकाल्दै क्लिनस्विप हुनबाट बच्यो । टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको अष्ट्रेलिया ४९.३ ओभरमा अल आउट हुँदै २ सय ८९ रनमा समेटियो । अन्तिम खेलको जितले भारतलाई टि२० सिरिजमा फाइदा पुग्ने छ । अष्ट्रेलियालाई आफ्नो कमजोरी सुधार गर्ने अवसर रहने छ । अष्ट्रेलिया पहिलो खेलमा ६६ रन र दोस्रोमा ५१ रनले विजयी भएको थियो । अष्ट्रेलियाले तेस्रो खेलमा भारतसँग हुनुका चार कारण यस प्रकार छन् ।

सुरुवाती दुई खेलमा ओपनर डेभिड वार्नर र आरोन फिन्चले उत्कृष्ट साझेदारी गर्दा अष्ट्रेलियाले ३ सय ५० भन्दा माथिको योगफल सहजै कटाएको थियो । पहिलो खेलमा ३ सय ७४ रन बनाउने क्रममा फिन्च र वार्नरले १ सय ५६ रनको ओपनिङ साझेदारी गरेका थिए । दोस्रो खेलमा ३ सय ८९ रन बनाउने क्रममा फिन्च र वार्नरले १ सय ४२ रनको साझेदारी गरेका थिए ।
कुनै पनि टोलीलाई बलियो योगफल पूरा गर्न ओपनिङ राम्रो सुरुवातको आवश्यक पर्दछ । वार्नर चोटको कारण सिरिज बाहिर हुनुपर्यो । तेस्रो खेलमा वार्नरको स्थानमा मार्नस लाबुसेनलाई ओपनिङ गराएको थियो । तर लाबुसेन ७ रनमा आउट हुन पुगे । तेस्रो खेलमा लाबुसेन र फिन्चले मात्र २५ रनको साझेदारी गरेका थिए । वार्नर पहिलो खेलमा ६९ र दोस्रो खेलमा ८३ रनमा आउट भएका थिए । वार्नरको लयलाई रोक्न भारतीय बलरलाई सहज पक्कै हुने थिएन ।

उत्कृष्ट सुरुवात हुँदा तल्लोक्रमका ब्याट्सम्यानलाई खेल्न पनि सहज हुन सक्थ्यो । तेस्रो खेलमा अष्ट्रेलियाको ओपनिङमा वार्नरको अभाव महसुस भएको थियो । वार्नर भएको भए सायद नतिजा अष्ट्रेलियाको पक्षमा जान सक्थ्यो ।

अष्ट्रेलिया एक समय ३०.५ ओभरमा १५८–५ को अवस्थामा थियो । अष्ट्रेलिया अन्तिम ब्याट्सम्यानको रुपमा ग्लेन म्याक्सवेल विकेटकिपर एलेक्स केरी क्रिजमा थिए । टोलीमा त्यसपछि ब्याटिङको लागि मैदान आउने अन्य खेलाडी अलराउन्डर थिए । म्याक्सवेल र केरीले राम्रो साझेदारी गर्नुपर्ने आवश्यकता थियो ।

छैटौं विकेटका लागि केरी र म्याक्सवेलले ५२ रनको साझेदारी गरेका थिए । भारत साझेदारी तोड्न प्रयासरत थियो । भारतलाई यस साझेदारीको महत्व राम्रोसँग थाहा पनि थियो । रविन्द्र जडेजाको ३८ औं ओभरको चौथो बलमा केरी सट खेल्ने क्रममा मिस हुँदा भारतीय खेलाडीले एलबिडब्लू आउटको अपिल गर्दै दबाब बढाउन खोजेका थिए । केरीले बल मिडविकेटमा गएको चाल पाउन सकेनन् । एक रनको लागि उनी क्रिजबाट धेरै अघि निस्किए । बल कोहलीको हात नजिकै हुँदा म्याक्सवेलले सुरुमै अस्विकार गर्दै नन स्ट्राइकमा बसेका थिए ।

केरी पिचको मध्यभागमा आएर पुनः स्ट्राइकमा फर्किने क्रममा विकेटकिपर लोकेश राहुलबाट रन आउट हुन पुगे । केरी रन आउट हुनुअघि २१०–५ को राम्रो अवस्थामा हुँदा हतार गर्न कुनै आवश्यक देखिदैन थियो । केरीले मैदानमा धैर्यता देखाउदै एक रन लिन नखोजेको भए रन आउटको शिकार हुनुपर्ने थिएन । जसले गर्दा नतिजा सहजै अष्ट्रेलियाको पक्षमा जान सक्थ्यो ।

प्रतिक्रिया