क्रिकेट प्रशिक्षकको छनौट अन्तिम चरणमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्ति पक्रिया अन्तिम चरणमा पु¥याएको छ । भदौमा खुल्ला आव्हानमा गर्दा कुल ७२ जनाले नेपालको मुख्य प्रशिक्षक बन्न आवेदन दिएका थिए । क्यानले पहिलो चरणमा २५ जनाको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई पठाएको थियो । क्यानले अन्तरवार्तामा १५ जना नाम छनोट गरेको थियो । १५ मध्य १२ जना अन्तरवार्तामा सहभागी भएका थिए । तीन जना व्यक्तिगत कारण उपस्थित हुन सकेनन् । क्यानले यसै महिना भित्र सम्भव त मुख्य प्रशिक्षकको नाम सार्वजनिक गर्ने छ ।

नेपाली क्रिकेट टोली झण्डै एक वर्ष देखि अन्तर्राष्ट्रिय प्रशिक्षक विहिन छ । गत माघमा आइसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिजसँगै भारतीय प्रशिक्षक उमेश पटवालले पारिश्रमिक कर बढी लगाएको भन्दै राजीनामा दिएका थिए । त्यसयता राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रशिक्षक जगत टमटाले नेपाली क्रिकेटलाई सम्हाल्दै आएका छन् ।

यसपटक क्यानले खुल्लाह आवाह्न गर्दा नेपाली टोलीको मुख्य प्रशिक्षक बन्न टेष्ट टोलीका खेलाडी धेरै रुचि देखाएका थिए । विश्वकप विजेता प्रशिक्षक देखि नेपाली क्रिकेटका पूर्व सफल प्रशिक्षक पुबुदु दसानायके सम्म दौडमा छन् । क्यानले सेवा सुविधामा कुनै कन्जुसाई नगरे स्तरिय प्रशिक्षक आउने देखिन्छ ।

स्रोतका अनुसार नेपालको प्रशिक्षक बन्न मासिक तलब (पारिश्रमिक) १० देखि २० हजार डलर माग गरेका छन् । पछिल्लो समय क्यान एकपछि अर्को विवादमा फस्दै आएको छ । क्यानले केहि राम्रो काम गर्न सक्दैन भन्ने आलोचकलाई उच्च स्तरतीय प्रशिक्षक ल्याउँदै राम्रो जवाफ दिन लागेको क्यान निकट उच्च स्रोत बताउँछन् ।

दक्षिण अफ्रिका लान्स क्लुजनरको सम्भावना र चर्चा भने हल्लामात्रै रहेको छ । लान्स नेपाल आउन इच्छुक भने थिए । उनले एजेन्ड मार्फत आफू प्रशिक्षक हुने पक्का भएमा आवदेन दिने सर्त राखेका थिए । तर क्यानले लान्स भन्दा पनि राम्रो स्तरको आउन सक्ने भन्दै उनको प्रस्ताव सिधैं अस्विकार गरेको स्रोतले जनाएको छ । पछिल्लो समय नेपालको अन्तर्राष्ट्रिय स्तरमा प्रर्दशन खस्किदो छ ।

सन् २०२३ पछि ओडिआई मान्यतालाई निरन्तरता दिन मुख्य चुनौती देखिन्छ । टि२० विश्वकप हुँदै टेष्ट क्षमताको स्तरमा पु¥याउन सक्ने क्षमताको प्रशिक्षक नेपाली क्रिकेटलाई आवश्यक देखिन्छ । स्रोतका अनुसार १२ जना मध्य पाँच क्यानको पहिलो रोजाईमा छन् । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुन सक्ने सर्वाधिक पाँच बलिया दाबेदार यस प्रकार छन् ।

प्रतिक्रिया