अर्थबजार

पोखरा पर्यटन परिषदमा गोपी भट्टराई

सौर्य अनलाइन २०७७ मंसिर १३ गते ७:३४ मा प्रकाशित

कास्की । पर्यटन व्यवसायीको छाता सङ्गठन पोखरा पर्यटन परिषद्को ११औँ अधिवेशनबाट अध्यक्षमा गोपी भट्टराई सर्वसम्मत निर्वाचित भएका छन । शुक्रबार सम्पन्न सो अधिवेशनबाट उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भएका हुन । त्यसैगरी सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भएका छन । बाँकी दुई सदस्य कार्यसमितिले चयन गर्ने जनाइएको छ । परिषद्मा पोखराका पर्यटन क्षेत्रसँग सम्बद्ध १२ वटा सस्था आवद्ध छन् ।

निर्वाचित भएसँगै रासससँगको कुराकानीमा अध्यक्ष भट्टराई कोरोना महामारीले अस्तव्यस्त बनेको पोखराको पर्यटनलाई चलायमान बनाउन परिषद्ले सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताए । कठिन अवस्थामा प्राप्त जिम्मेवारीलाई चुनौतीसँगै अवसरको रुपमा लिँदै पोखराको पर्यटन विकासका तीनै तहका सरकारसँग समन्वय गरी नयाँ खोज र सोचका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय