अमेरिकी पौडीबाज ड्रेसेलले बनाए नयाँ विश्व कीर्तिमान

एजेन्सि । ओलम्पिक च्याम्पियन अमेरिकी पौडीबाज काएलेब ड्रेसेल नयाँ विश्व कीर्तिमान बनाएका छन्। अमेरिकी पौडी खेलाडी ड्रेसेलोले अन्तर्राष्ट्रिय पौडी लिगमा आफ्नो टिम काली कन्डोर्सलाई उपाधि दिलाउने क्रममा व्यक्ति कीर्तिमान बनाएका हुन् ।

काली कन्डोर्सले अन्तर्राष्ट्रिय पौडी लिगको बुड्डापेस्टमा भएको दोस्रो सिजनको ग्राण्ड फाइनलमा उपाधि जितेको हो। ड्रेसेलले १०० मिटर व्यक्तिगत मिड्लेमा सेमिफाइनलमा बनाएको कीर्तिमान फाइनलमा आफैले तोडेका हुन् । उनले १०० मिटरको दूरी ४९.२८ सेकेण्डमा पूरा गरेर कीर्तिमान बनाएका हुन् ।

काली कोन्डोर्सले दुई दिनको खेलमा ५६१.५ अंक जोडेर गएको वर्षको विजेता एनर्जी स्टान्डर्सलाई पछि पारेर विजेता बनेको हो । एनर्जीको ४६४.५ अंक भयो ।

प्रतिक्रिया