यस वर्ष छठ पर्वको कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी नहुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कोरोनाको विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौंका विभिन्न स्थानमा सहभागी हुन नसक्ने भएकी छन् ।

राष्ट्रपति भण्डारी विगतका वर्षमा काठमाडौंका गुहेश्वरी–गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेकी थिइन् ।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका हुन् । राष्ट्रपति भण्डारी यस वर्षको वडा दशैँको अवसरमा शक्तिपीठको दर्शन र भ्रमणमा पनि गएकी थिइनन् ।

प्रतिक्रिया