कृषि क्षेत्रको विकासका निम्ति सहुलियत ऋण दिनुपर्छ : मन्त्री शाह

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह कृषि क्षेत्रको विकास भए मात्र देश समृद्ध हुने बताएकी छन् । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले बिहीबार आयोजना गरेको आर्थिक बहसमा मन्त्री साहले यो क्षेत्रका लागि १५ वर्षसम्मका निम्ति सहुलियत ब्याजमा ऋण दिनु पर्ने बताइन् ।

‘कृषिको विकास भयो भने देश समृद्धि हुन्छ,’ उनले भनिन्, ‘कृषिमा १०/१५ वर्षसम्मका लागि सहुलियत ब्याजमा ऋण दिने व्यवस्था गर्नुपर्छ ।’

कृषिमा बैंकिङ क्षेत्रले लगानी ढाउन नसकेको पनि उनको भनाइ छ । कृषिको विकासमा सबै मिलेर लाग्नुपर्ने मन्त्री साहले बताइन् । यो क्षेत्रमा गएको लगानीको लेखा परिक्षण पनि प्रभावकारी रूपमा गर्नु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया