दुवई । दिल्ली क्यापिटल्स यूएईमा जारी १३औं सस्करणको इन्डियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । सारझाँ क्रिकेट स्टेडियममा चेन्नईले जितका लागि दिएको १८० रनको लक्ष्य पछएको दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाउँदै १८५ रन बनाउन सफल भयो ।
दिल्लीका लागि शिखर धावनले नट आउट शतकीय पारी खेले । ५८ बल खेलेका उनले १४ चौका र १ छक्काको सहयोमा १०१ रन बनाउन सफल भए । त्यस्तै मार्कुस स्टोइनिसले २४ रन बनाउँदा कप्तान श्रयस य्यरले २३ तथा अक्षर पटेलले २१ रनको योगदान गरे ।
बलिङतर्फ चेन्नईका लागि दीपक चहारले दुई विकेट लिए । त्यस्तै श्यम करन, शार्दुल ठाकुर र डुवेन ब्राभोले समान एक–एक विकेट लिए ।यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । चेन्नईका लागि फाफ डू प्लेसिसले अर्धशतकीय पारी खेले ४७ बल खेलेका उनले ६ चौका र २ छक्काको सहयोगमा ५८ रन बनाउन सफल भए । त्यस्तै अम्बाती रायडुले ४५ रन बनाउँदाम रविन्द्र जडेजाले ३३ रनको योगदान गरे ।
बलिङतर्फ दिल्लीका लागि अर्निच नोर्टेजलदे दुई विकेट लिए । त्यस्तै तुसार डेसपाण्डे र कगिसो रवाडाले समान एक–एक विकेट लिए । खेलमा जित निकाल्दै दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिगमा ९ खेल खेलेको दिल्लीले १४ अंक जोड्दै लिगको शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ । पराजित चेन्नई ९ खेलबाट ६ अंकसहित तालिकाको छैटौं स्थानमा छ ।
१३ वर्षपछि धवनको शतक
चेन्नई सुपर किंग्सविरुद्ध शनिबार भएको खेलमा दिल्ली क्यापिटल्सको जितका लागि अनुभवी ओपनर ब्याट्सम्यान शिखर धवनले महत्त्वपूर्ण भूमिका खेले । उनले ५८ बल खेल्दै १०१ रनको अविजित पारी खेल्दै दिल्लीलाई हारबाट जोगाए । धवनले दिल्लीलाई जित मात्र दिलाएनन् । उनले आफ्नो आईपीएल करियरको पहिलो शतकसमेत जोडे । धवनले आईपीएलको १३ वर्षे इतिहासमा पहिलोपटक शतक लगाउँदै निकै नै सानदार महसुस भएको बताएका थिए ।
‘यो मेरा लागि एक दम खुसीको क्षण हो । म १३ वर्षदेखि आईपीएल खेल्दै आएको छु । तर, मैले पहिलो शतकीय पारी खेले । धेरै खुसी छु,’ धवनले भने, ‘सिजनको सुरुवातदेखि नै राम्रो ब्याटिङ गरिरहेको महसुस भइरहेको छ । तर, २० रनको स्कोरलाई ५० रनमा बदल्न सकिरहेको थिएनन् ।’
उनले थपे, ‘म मानसिक रुपमा सकारात्मक छु र रन बनाउने कोसिस गरिरहेको थिएँ । म अहिले पहिलाभन्दा बढी फिट छु ।’ यसअघि २०११ मा धवान किंग्स इलेभेन पन्जाबविरुद्ध ९५ रनमा अविजित रहेका थिए । उनले ५७ बल खेल्दै १४ चौका र एक छक्कासहित ९५ रन जोडेका थिए । तर, उनी शतक बनाउनबाट चुकेका थिए । २०१६ मा ८२ रनमा अविजित रहँदा २०१८ मा भने उनी ९२ रनमा अविजित थिए ।
२०१८ मा सनराइजर्स हैदरावादबाट खेलेका उनले तत्कालीन दिल्ली डेयरडेभिल्सविरुद्ध ९२ रनको अविजित पारी खेलेका थिए । उनले ५० बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै २०१९ मा उनले दिल्ली क्यापिटल्सका लागि कोलकाता नाइट राइडर्सविरुद्ध ९७ रनको अविजित पारी खेलका थिए । उनले ६३ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै ९७ रनको अविजित पारी खेले पनि शतक भने जोड्न सकेका थिएनन् ।
प्रतिक्रिया