रावा बैंककै प्वाइन्ट अफ सेल पस सेवा

काठमाडौं । राष्ट्रिय वाणिज्य (रावा) बैंकले दसैँ र तिहारलाई मध्यनजर सबै शाखामार्फत प्वाइन्ट अफ सेल–पसको विद्युतीय माध्यमबाट भुक्तानी सेवा सुरु गरेको छ । अब देशभर रहेको विभिन्न व्यवसायमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रावा बैंककै पसको माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैयाँ जुन कम हुन्छ सो रकम क्यास ब्याक हुनेछ ।

विश्वव्यापी रूपमा फैलिएको माहामारीबाट टाढा रहनसमेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुनसक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैंकको सेवाग्राही तथा समग्र समाजलाई अधिकतम फाइदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २ सय ४१ वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया