इंग्ल्यान्ड डेनमार्कसँग स्तब्ध

इटाली । युइएफए नेसन्स लिग ‘ए’ ४ को शीर्ष होडमा रहेको इंग्ल्यान्डले डेनमार्कसँग १–० को हार बेहोर्दै शीर्षस्थानमा पकड गुमाएको छ ।
घरेलु मैदानमा इंग्ल्यान्डलाई स्तब्ध बनाउन क्रिस्टियन इरिक्सनले ३५औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । ३१औं मिनेटमा इंग्ल्यान्ड १० खेलाडीमा समेटिएको थियो । डोलवर्गलाई च्यालेन्ज गरेपछि डिफेन्डर ह्यारी मगाएर दोहोरो पहेंलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । ३५औं मिनेटमा डेनमार्कले पेनाल्टीमार्फत अग्रता लिन सफल भयो । गोलरक्षक जोर्डन पिकफोर्ड र केएल वाल्करबिच तालमेल मिल्न नसक्दा वाल्करले पेनाल्टी बक्समा थोमस डिलानेलाई फल गरेपछि रेफ्रीले डेनमार्कलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा इरिक्सन चुकेनन् ।

१० खेलाडीमा समेटिएपछि इंग्ल्यान्डले डेनमार्कविरुद्ध उल्लेख मुभ बनाउन सकेन । इन्ज्युरी समयमा ह्यारी केनले सुवर्ण अवसर पाएपनि चुक्दा इंग्ल्यान्ड पराजित हुन पुग्यो । इन्ज्युरी समय सकिएपछि रेफ्रीले रिस जेम्सलाई रातो का चौथो राउन्डको खेल सकिदा बेल्जियमको ९ तथा डेनमार्क र इंग्ल्यान्डको समान ७ अंक रहेको छ । आइसल्यान्ड अंकविहीन छ । बुधबार राति भएको खेलमा बेल्जियमको २(१ को जितमा रोमेलु लुकाकुले दुवै गोल गर्दा आइसल्यान्डका बिर्किर सायभार्सनले एक गोल फर्काए । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।

प्रतिक्रिया