खेल-खेलाडी

राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

सौर्य अनलाइन २०७७ असोज २९ गते २१:०३ मा प्रकाशित

दुवईं । दिल्ली क्यापिटल्स यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा पुगेको हो ।  दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दिल्लीले राजस्थानलाई जितका लागि १६२ रनको लक्ष्य पछएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १४८ रन बनायो ।
राजस्थानका लागि वेन स्टोकले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै रविन उडथपाले ३२ रन बनाउँदा सन्जु श्यामसन २५ तथा जोस बट्लरले २२ रनको योगदान गरे ।  बलिङतर्फ दिल्लीका लागि तुसार देशपाण्डे र अरिच नोर्टजेले समान दुई–दुई विकेट लिए । त्यस्तै कगिसो रवाडा, रविचन्द्र आश्विन र अक्षर पटेलले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाउन सफल भएको थियो ।
दिल्लीका लागि शिखर धावन र श्रेयस अ‍ैरले अर्धशतकीय पारी खेले । ३३ बल खेलेका धावनले ६ चौका र २ छक्काको सहयोगमा ५७ रन बनाउन सफल भए ।  त्यस्तै ४३ बल खेलेका अ‍ैरले ३ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाउन सफल भए । दिल्लीका लागि मार्कुस स्टोइनिसले १८ रन बनाउनदा आल्यक्स केरीले १४ रनको योगदान गरे ।

बलिङतर्फ राजस्थानका लागि जोर्फा आर्चरले सर्वाधिक तीन विकेट लिए । त्यस्तै जयदेव उतकन्डले दुई विकेट लिँदा कार्तिक त्यागी र श्रेयस गोपालले समान एक–एक विकेट लिए ।  जित निकाल्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । लिगमा ८ खेल खेलेको दिल्ली १२ अंकसँगै तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको हो । पराजित राजस्थान ८ खेलबाट ६ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ ।

धवनको किर्तिमान
शिखर धवनले आईपीएलमा एक नयाँ कीर्तिमान स्थापित गरेका छन् । उनले राजस्थान रोयल्सविरुको खेलमा दिल्ली क्यापिटल्सका लागि शानदार अर्धशकतीय पारी खलेका थिए । योसँगै आईपीएलमा सर्वाधिक अर्धशतक जोड्ने उनी पहिलो भारतीय खेलाडी बनेका छन् । यसअघि आईपीएलमा सर्वाधिक अर्धशतक जोड्ने चार भारतीय खेलाडी संयुक्त रुपमा थिए । शिखर धवन, रोहित शर्मा, सुरेश रैना र विराट कोहली आईपीएलमा सर्वाधिक अर्धशतक जोड्ने संयुक्त भारतीय खेलाडी थिए । चारै जनाले समान ३८(३८ अर्धशतक जोडेका थिए । तर, शिखरले बुधबार भएको खेलमा थप एक अर्धशतक जोड्दै अन्य भारतीय खेलाडीलाई पछि पारेका छन् ।


उनको नाममा आईपीएलमा ३९ अर्धशतक पुगे । यो सूचीमा सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नर (अस्ट्रेलिया खेलाडी) भने पहिलो स्थानमा छन् । उनले ४६ अर्धशतक पूरा गरेका छन् । त्यसपछि धवन दोस्रो स्थानमा छन् । हिजो (बुधबार) दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्दै शिखरले ३३ बलमा ५७ रनको अर्धशतकीय पारी खेलेका थिए । यसै पारीका कारण दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन जोडेको थियो ।  शिखरले जारी आईपीएलमा यसअघि पनि एक अर्धशतक जोडेका थिए । उनले यसअघि मुम्बई इन्डियन्सविरुद्ध अविजित अर्धशकतीय पारी खेलेका थिए । मुम्बईविरुद्ध शिखरले ५२ बलमा ६९ रन जोडेका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय