बैंगलोरलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

दुवईं । कगिसो रबाडाले उत्कृष्ट बलिङ गर्दा दिल्ली क्यापिटल्स यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार भएको खेलमा दिल्लीले रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५९ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा आफूलाई पुगाउन सफल भएको हो ।  दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दिल्लीले जितका लागि दिएको १९७ रनको लक्ष्य पछएको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १३७ रन बनायो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै वासिन्टन सुन्दरले १७ रन बनाउँदा अरोन फिन्च १३, नवदिप शैनी १२, मोहिन अली र सुभम डुबेले समान ११ रन बनाए ।   बलिङतर्फ दिल्लीका लागि कगिसो रबाडाले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २४ रन खर्चदै ४ विकेट लिन सफल भए । त्यस्तै आरिच नोर्टेज र अक्षर पटेलले समान दुई–दुई विकेट लिँदा रविचन्द्र आश्विनले एक विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै बैंगलोरलाई १९७ रनको लक्ष्य दिएको थियो ।
दिल्लीका लागि स्टोइनिस अर्धशतकीय पारी खेले । २६ बल खेलेका उनले ६ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाए । त्यस्तै पृथ्वि शले ४२ रन बनाउँदा रिषभ पन्त ३७, शिखर धावन ३२ तथा कप्तान श्रेयस यैरले ११ रनको योगदान गरे ।  बलिङतर्फ बैंगलोरका लागि मोहम्द सिराजले दुई विकेट लिए । त्यस्तै इसुरु उडान र मोइन अलीले एक–एक विकेट लिए । आजको खेलमा जित निकाल्दै दिल्लीले पाँच खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा आफूलाई उभ्याएको छ । पराजित बैंगलोर पाँच खेलबाट ६ अंकसँगै तालिकाको तेस्रो स्थानमा छ ।

भुवनेश्वरले आइपिएल गुमाउने 
हैदराबादका प्रमुख तीव्र गतिका बलर भुवनेश्वर कुमारले इन्डियन प्रियिमर लिग (आइपिएल) को बाँकी खेलहरु गुमाउने भएका छन् ।
गत शुक्रबार चेन्नई सुपरकिंग्ससँग खेलको क्रममा १९ औं ओभरमा बलिङ गर्नेक्रममा उनको तिघ्राको मांशपेशीमा समस्या देखिएको थियो । १९ औं ओभरको पहिलो बलमा साम करनलाई बलिङ गर्नेक्रममा उनको खुट्टामा समस्या देखिएको थियो । जसको कारण बाँकी पाँच बल खलिल अहमदले गरेका थिए ।

प्रमुख तीव्र गतिका बलर भुवनेश्वर कुमार बहिरिंदा हैदराबादलाई ठूलो धक्का लाग्ने भएको छ । यसअघिनै अलराउन्डर मिचेल मार्श पनि चोटको कारण हैदराबादबाट बाहिरिसकेका छन् । भुवनेश्वरको स्थान युवा तीव्र गतिका बलर पृथ्वी राजले लिने भएका छन् । आन्द्र प्रदेशबाट घरेलु क्रिकेट खेल्ने पृथ्वीले गतवर्ष कोलकाता नाइट राइडर्सबाट आइपिएल खेलेका थिए ।

२२ वर्षिय पृथ्वीले ३ टि२० खेलमा ४ विकेट लिएका छन् । हैदराबाद जारी आइपिएलमा ५ खेलमा ३ मा हार र २ मा जित सहित सातौं स्थानमा छ । हैदराबादले अव आफ्नो छैटौं खेल बिहिबार किंग्स इलेभेन पन्जाबबिरुद्ध खेल्ने छ । चोटका कारण जारी आइपिएल गुमाउने भुवनेश्वर कुमार तेस्रो खेलाडी हुन् । हैदराबादकै मिचेल मार्श र दिल्लीका अमित मिश्राले आइपिएल गुमाइसकेका छन् ।

प्रतिक्रिया