सिटी र युनाइटेड क्वाटरफाइनलमा

लण्डन । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा आ–आफ्नो टोलीविरुछ सफलता आत पार्दै सिटी र युनाइटेडले अन्तिम आठको यात्रा तय गरेको हो ।

इंग्लिस फरवार्ड रहिम स्ट्रलिङको दुई गोल सहयोगमा म्यानचेस्टर सिटीले बर्नलीलाई ३–० ले पराजित गर्दै कारवाओ कपको क्वाटरफाइनलमा स्थान बनाएको छ । सिटीले बर्नलीलाई उसकै मैदानमा सहज जित हात पारेको हो । सिटीको सहज जितमा थप एक गोल फेरान टोरेसले गरेका थिए । बुधबार राति भएको एकपक्षीयमा खेलमा सिटीले खेलको ३५औं मिनेटमा रहिम स्ट्रलिङको गोलबाट अग्रता लिएो थियो । उनले बेन्जामिन मेन्डीको पासलाई सदुपयोग गरेका थिए ।

४९औं मिनेटमा रहिमले फेरना टोरेसको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ६५औं मिनेटमा फेरान टोरेसले रहिमको पासमा गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए । यस्तै अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले पनि ब्राइटनमाथि ३–० को सहज जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

युनाइटेडको जितमा स्कट म्याकटोमिने, जुआन माटा र पल पोग्वाले गोल गरे । ब्राइटनको मैदानमा युनाइटेडले खेलको ४४औं मिनेटमा स्कट म्याकटोमिनेलेको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ७३औं मिनेटमा जुआन माटाले डानी भान डि बिकको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । ८०औं मिनेटमा पल पोग्वाले गोल गर्दै युनाइटेडलाई ३–० को सहज जित दिलाए ।

प्रतिक्रिया