मुम्बईमाथी बैंग्लोरको रोमाञ्चक जित

दुवई । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सुपर ओभरमा रोमाञ्चक जित निकालेको छ । सोमबार भएको खेलमा बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा हराएको हो ।  निर्धारित २० ओभरको हाइस्कोरिङ खेल बराबरीमा सकिएपनि सुपर ओभर भने लो स्कोरिङको भएको थियो । जसको नतिजा पनि अन्तिम बलमा निस्कियो । सुपर ओभरमा मुम्बईले दिएको ८ रनको लक्ष्य बैंग्लोरका ६ बलमा ११ रन बनाएको थियो । बैंगलोरका लागि एबी डिविलियर्सले ६ रन र विराट कोहलीले ५ रन बनाए । कोहलीले अन्तिम बलमा एक रन चाहिएको बेला चौका प्रहार गरेका थिए ।

सुपर ओभरमा पहिला ब्याटिङ गरेको मुम्बईले एक विकेट गुमाएर ७ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि हार्दिक पाड्याले २ रन बनाउँदा किरन पोलार्डले ५ रन बनाए । बैंगलोरका लागि नवदिप सैनिले पोलार्डको विकेट लिएका थिए ।  यसअघिको निर्धारित २० ओभरको खेल भने निक्कै रोमाञ्चक भएको थियो । खेलमा बैंगलोरले दिएको २०२ रनको लक्ष्य पछएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । मुम्बईका लागि इशान्त किसन र पोलार्डले अर्धशतकीय पारी खेले । ५८ बल खेलेका इशान्तले २ चौका र ९ छक्काको सहयोगमा ९९ रन बनाए। आउट भए । त्यस्तै २४ बल खेलेका पोलार्डले ३ चौका र ५ छक्काको सहयोगमा अविजित ६० रन बनाए ।

मुम्बईलाई जितको लागि अन्तिम ३० बलमा ९० रन आवश्यक रहेको थियो । १७ औं ओभरमा तीन छक्का र एक चौका सहित स्पिनर एडम जाम्पाले २७ रन खर्चेपछि मुम्बई खेलमा फर्केको थियो । १८ औं ओभरमा युजभेन्द्र चहलले तीन छक्का सहित कुल २२ रन खर्चेपछि जितको लागि अन्तिम १२ बलमा ३१ रन आवश्यक परेको थियो । १९ औं ओभरमा नवदीप सैनीले १२ रन खर्चेका थिए । अन्तिम ओभरमा १९ रन चाहिएको बेला १८ रन मात्र बनाउन सकेपछि खेल सुपर ओभरमा गएको थियो ।

मुम्बईका लागि हार्दिक पाड्याले १५ रन बनाउँदा क्विन्टन डी ककले १४ रनको योगदान गरे । बलिङतर्फ बैंगलोरका लागि युजिभेन्द्र चहाल, आदम जाम्प, इस्रु उडान र वासिन्टन सुन्डरले समान एक–एक विकेट लिए ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरका लागि देबदत्त पाडिकल, एबी डिविलियर्स र अरोन फिन्चले अर्धशतकीय पारी खेले । ४० बल खेलेका पाडिकलले ५ चौका र २ छक्काको सहयोगमा ५४ रन बनाए । त्यस्तै ३५ बल खेलेका फिन्चले ७ चौका र १ छक्काको सहयोगमा ५२ रनको योगदान गरे । बैंगलोरका लागि एबी डिविलियर्स २४ बल खेल्दै ४ चौका र ४ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै शिभम डुबेले २७ रन बनाउँदा कप्तान विराट कोहलीले ३ रन मात्र बनाए । बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले दुई विकेट लिँदा राहुल चहारले एक विकेट हात पारे ।

प्रतिक्रिया