एमएडब्लू फाउन्डेसनद्वारा फेससिल्ड र मास्क सहयोग

काठमाडौं । कोभिड १९ को महामारीबीच पनि ड्युटीमा खट्ने ट्राफिक प्रहरीको सुरक्षालाई मध्यनजर गरी एमएडब्लू ग्रुप अन्तर्गतको एमएडब्लू फाउन्डेसनले काठमाडौं उपत्यकाका सबै ट्राफिक प्रहरीका लागि फेससिल्ड र मास्क सहयोग गरेको छ । एमएडब्लू फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवाल तथा पूर्व एआईजी किरण गौतमले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकाललाई फेससिल्ड र सर्जिकल मास्क हस्तान्तरण गरेका हुन ।

‘कोरानाको महामारीमा पनि कर्तव्यपालनमा अहोरात्र खटिइरहेका ट्राफिक प्रहरी संगठनप्रति हामी गौरावान्वित छौं । त्यसैले उनीहरुका लागि योगदान गर्ने चेष्टा गरेका छौं’ फाउन्डेसनकी कार्यकारी निर्देशक अग्रवालले भनिन् । गत साता पनि एमएडब्लू फाउन्डेसनले थानकोटस्थित अरबिन्द योग मन्दिरमा बसोबास गर्ने बालबालिकाको खाद्यान्न र स्टेसनरीका लागि आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया